Logo

सामान्य बढ्यो नेप्से, कारोवार रकम पनि बढ्यो

सामान्य बढ्यो नेप्से, कारोवार रकम पनि बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ असार, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य बढेको छ । बजार खुलेको केही समय ओरालो लागेर मध्यतिर उकालो लागेको नेप्से अन्तमा जिरो दशमलव २७ अंकले मात्र बढेको हो । सातको अन्तिम दिन नेप्से परिसुचक ९ सय ४३ दशमलव ४३ अंकमा पुगेर अडिएको छ ।

बजारमा बैंक, होटल र विकास बैंक समुहका परिसुचक उकालो लागेको छ । अन्य समुहका परिसुचक भने ओरालो लागेको छ । तर, कुनै पनि समुहका परिसुचक १० अंक भन्दा बढीले घटबढ भएको छैन ।

विहीकार कारोवार रकममा भने उल्लेख्य सुधार आएको छ । दिनभर ३६ करोड ४३ लाख रुपैयाँ बरावरको ७ लाख ७९ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL