Logo

सुनको भाउ २ सयले घट्यो, चाँदी स्थिर

सुनको भाउ २ सयले घट्यो, चाँदी स्थिर


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२० असार,काठमाडौं । साताको  पहिलो दिन आइतबार सुनको भाउमा कमी आएको छ । सो दिन सुनको भाउ तोलामा २ सय रुपैयाँले कमी आएको हो ।

आइतवार सुन प्रतितोला ५० हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि शुक्रबार सुनको भाउ तोलाको ५१ हजार एकसय रुपैयाँ थियो ।

आइतबार चाँदीको भाउ भने स्थिर छ । आइतबार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL