Logo

डिस होमले थप्यो ३ ओटा एचडी च्यानल, चाँडै नै ३० ओटा पुर्याउने योजना

डिस होमले थप्यो ३ ओटा एचडी च्यानल, चाँडै नै ३० ओटा पुर्याउने योजना


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१० असार,काठमाडौं । डिस होमले एचविओ हिट्स, एनविओ सिग्नेचर र एचबिओ फेमिली च्यानल हाई डेफिनेसन  (एचडी)मा थप गरेको हो ।

आफ्नो सेवालाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ नयाँ प्रविधिमा आधारित एचडी च्यानलहरु थप गरेको कम्पनीले जानकारी दिएको छ । यससँगै डिस होमको एचडी च्यानल १६ वटा पुगेको छ ।

डिसहोमले स्टार स्पोर्टस् एचडी१, स्टार स्पोर्टस् एचडी२, टेन एचडी, सोनी सिक्स, एचबीओ, स्टार मुभी, डिस्कभरी वल्र्ड, कलर्स र लाइफ ओके जस्ता च्यानल एचडीमा सञ्चालन गरेको छ । त्यसैगरी स्टार प्लस, जी टिभी, जी सिनेमा, स्टार गोल्ड र एमट्युन्स पनि एचडी हुन् ।

कम्पनीले निकट भविष्यमा नै डिस होमले ३० वटा एचडी च्यानल प्रसारण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL