Logo

३ अंकले घट्यो नेप्से, प्रमोटर सेयरले बढायो कारोवार

३ अंकले घट्यो नेप्से, प्रमोटर सेयरले बढायो कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१ असार, काठमाडौं । बजारमा नेप्से परिसुचक ३ दशमलव ३ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय ३० दशमलव ७० अंकमा आएर अडिएको छ ।

मंगलबार बीमा वाहेक सवै समुहका परिसुचक ओरालो लागेको छ । तर, कुनै पनि समुहको परिसुचक ११ अंकभन्दा बढीले घटेको छैन । बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ११ दशमलव ३७ अंकले घटेको छ । यसैगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुुचक पनि ४ दशमलव २२ अंकले घटेको छ ।

अघिल्लो दिनको तुलनामा सेयर कारोवार रकम भने बढेको छ । दिनभर कुल २४ करोड ७३ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । कुल १ सय २६ कम्पनीको ७ लाख २५ हजार सेयर खरिद विक्री भएको छ ।

बजारमा सवैभन्दा बढी प्रमोटर सेयरको कारोवार बढी भएको छ । लक्ष्मी बैंक, नविल बैंक र इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL