Logo

१९ अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि बृद्धि

१९ अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० जेठ, काठमाडौं । बुधवार नेप्से परिसुचक १९ दशमलव १४ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक ९ सय २१ अंकमा पुगेर अडिएको छ ।

nepse 20

नेप्सेमा प्रभाव पार्ने बैंक, बीमा तथा जलविद्युत् समुहको परिसुचक उकालो लागेका छन् । सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय १४ दशमलव ४९ अंकले बढेको छ भने जलविद्युत् समुहको परिसुचक पनि ५३ अंकले बढेको छ । यस्तै, बैंकिङ समुहको परिसुचक पनि २० दशमलव ८३ अंकले उकालो लागेको छ ।

बजारमा विकास बैंक, फाइनान्स र अन्य समुहको परिसुचक पनि उकालो लागेको छ । तर, होटल र उत्पादनमुलक समुहको परिसुचक भने ओरालो लागेको छ ।

दिनभर १ सय १९ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको २७ करोड १७ लाख रुपैयाँ बरावरको ६ लाख २३ हजार कित्ता सेयर कारोवार भएको छ । जसमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको ५ करोड ३७ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL