Logo

साताको अन्तिम दिन ४ अंकले बढ्यो नेप्से, बैंकिङ समुहले सुधार्यो बजार

साताको अन्तिम दिन ४ अंकले बढ्यो नेप्से, बैंकिङ समुहले सुधार्यो बजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ जेठ, काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार आएको छ । विहीबार बजार खुलेको केही समय ओरालो लागेको नेप्से परिसुचक अन्तमा ४ दशमलव १३ अंकले बढेको छ ।

nepse photo
nepse photo

बजारमा विहीबार बैंक तथा जलविद्युत् समुहको परिसुचक सामान्य उकालो लागेको छ । बैंकिङ समुहको परिसुचक ६ दशमलव ४४ अंकले बढेपछि समग्र नेप्से परिसुचक हरियो भएको हो । यस्तै, बजारमा जलविद्युत् समुह ५ दशमलव १८ अंकले बढेको छ भने अन्य समुहको परिसुचक ११ दशमलव ७४ अंकले उकालो लागेको छ ।

विहीबार बीमा, फाइनान्स र विकास बैंक समुहको परिसुचक भने ओरालो लागेको छ ।

बजारमा कारोवार रकम पनि सामान्य बढेको छ । दिनभर कुल १७ करोड ९६ लाख रुपैयाँ बरावरको ४ लाख १९ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL