Logo

प्रिमियर ईन्स्योरेन्सका लगानीकर्तालाई ८० प्रतिशत लाभांस, करको लागि ४.२०% नगद लाभांस पनि

प्रिमियर ईन्स्योरेन्सका लगानीकर्तालाई ८० प्रतिशत लाभांस, करको लागि ४.२०% नगद लाभांस पनि



प्रिमियर ईन्स्योरेन्सका लगानीकर्तालाई ८० प्रतिशत लाभांस
काठमाडौं । प्रिमियर ईन्स्योरेन्सका लगानीकर्ताहरुले ८० प्रतिशत लाभांस पाउने भएका छन । कम्पनीको शुक्रबार बसेको संचालक समितिको २ सय ६१ औं बैठकले आफ्ना लगानीकर्ताहरुका लागि ८० प्रतिशत बोनस सेयर पारित गरेको होकम्पनीले कर प्रयोजनका लागि चुक्तापुँजीको ४ दशमलव २० प्रतिशत नगद लाभांस समेत पारित गरेको छ । ।

कम्पनीले चुक्ता पुँजीको ७९ दशमलव ७९ प्रतिशतका दरले ४६ करोड ६० लाख रुपैयाँ बोनस सेयरका रुपमा आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्न लागेको हो ।
नगद लाभांस र बोनस सेयर गरी जम्मा ८३ दशमलव ९९ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL