Logo

बीमा र जलविद्युतले उचाल्यो नेप्से, तामाकोशी उकालो लाग्दो आरालो झर्यो शिवम

बीमा र जलविद्युतले उचाल्यो नेप्से, तामाकोशी उकालो लाग्दो आरालो झर्यो शिवम



काठमाडौं । मंगलबार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । बजारमा बीमा र जलविद्युत समुहको परिसुचक उकालो लाग्दा समग्र नेप्से परिसुचकमा टेवा पुगेको हो ।

बजारमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी ६४ अंकले बढेको छ । माथिल्लो तामाकोशीको सेयरमा १० प्रतिशतको वृद्धि हुँदा सो समुहको परिसुचक उच्च बढ्न पुगेको हो । यसैगरी जीवन बीमा समुहको परिसुचक ४२ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचक २८ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा फाइनान्स समुहको परिसुचक १० अंकले बढ्दा विकास बैंक समुह साढे २ अंकले उकालो लागेको छ । बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक सामान्य उकालो लागेको छ ।

मंगलबार माइक्रोफाइनान्स, अतिरिक्त र उत्पादनमुलक समुहको परिसुचक भने ओरालो लागेका छन् । अघिल्लो दिनसम्म लतागार उकालो लागेको शिवम सिमेन्टको मूल्य आज पनि ओरालो लागेको छ ।

बजारमा परिसुचक उकालो लागेपनि कारोबार रकममा भने उच्च गिरावट आएको छ । सोमबार १ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ८१ करोड ४४ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ ।

दिनभर १ सय ७३ कम्पनीको ३१ लाख कित्ता सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी नेपाल बैंकको ८ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL