Logo

ओरालो लाग्न सुरु गर्यो बजार, मूल्य घट्दा शिवममा देखियो बिक्री चाप

ओरालो लाग्न सुरु गर्यो बजार, मूल्य घट्दा शिवममा देखियो बिक्री चाप



काठमाडौं । साताको पहिलो दिन सामान्य गिरावट आएको बजार सोमबार करिव दोहोरो अंकले घट्न पुगेको छ । बजारमा अतिरिक्त र जलविद्युत बाहेक सबै समुहका परिसुचक ओरालो लाग्दा बजारमा अन्तिमा ९ दशमलव १३ अंकले घट्न पुगेको हो ।

बजारमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १ सय १९ अंकले घट्न पुगेको छ । यसैगरी पूँजी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक ७ दशमलव २७ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक ८५ अंकले ओरालो लागेको छ ।

यसैगरी अघिल्लो दिनसम्म उच्च रुपमा बढेको उत्पादनमुलक समुहको परिसुचकमा समेत सोमबार ५२ अंकले गिरावट आएको छ । अघिल्लो दिनमा बजारमा खरिदचाप रहेको शिवम सिमेन्टको सोमबार बिक्री चाप बढ्दा उक्त समुहको परिसुचकमै गिरावट आउनुको साथै मूल्यमा समेत प्रतिकित्ता ३४ रुपैयाँले गिरावट आएको छ ।

बजारमा शिवम सिमेन्ट र नेपाल बैंकको उच्च कारोबार हुँदा समग्र कारोबार रकम बढ्न पुगेको हो । सोमबार बजारमा शिवम् सिमेन्टको सबैभन्दा बढी २५ करोड २१ लाख रुपैयाँको सेयर कारोबार हुँदा दोस्रोमा नेपाल बैंकको २३ करोड २१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यसैगरी हिमालयन डिष्टीलरीको पनि ८ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

दिनभर कुल १ अर्ब २२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७२ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL