Logo

हुन्डाई फेसटिभ डिलाइट २०७५ अफर को विजेता सार्वजनिक, भावना केसीले पाए हुन्डाई आई २० कार

हुन्डाई फेसटिभ डिलाइट २०७५ अफर को विजेता सार्वजनिक, भावना केसीले पाए हुन्डाई आई २० कार



काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विजेताको नाम घोषणा गरेको छ । कम्पनीले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७५’ अफर को विजेताहरुको नाम घोषणा गरेको हो ।

सो अफर अनुसार हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्पmत १ सय जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन र बम्पर लक्कि ड्रबाट २ जनालाई हुन्डाई आई २० एक्टिभ र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए ।

अफरको विजेताको घोषणा पछि विजेताहरुको नाम हुण्डाईनेपालको फेसबुक पेजमा सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ ।

अफरको पहिलो बम्पर लक्की ड्रमा हाउजिङ्ग एण्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ्ग डिरेक्टोरेट भावना केसीले हुन्डाई आई २० एक्टिब जित्न सफल भएको छ । त्यस्तै दोस्रो बम्पर उपहार बद्री कुमार खड्काले हुन्डाई क्रेटा हात पारेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL