Logo

बेनेलीको शोरुम नेपालगंजमा, पार्टपुर्जाका सामान सुपथ मूल्यमा

बेनेलीको शोरुम नेपालगंजमा, पार्टपुर्जाका सामान सुपथ मूल्यमा



काठमाडौं । बेनेली मोटरसाईकलको शोरुम नेपालगंजमा उद्घाटन हुने भएको छ । कम्पनीले आजै बेनाली मोटरसाइकलको आधिकारिक बिक्रेता गोरखा इन्टरप्राईज, बेनालीको शोरुम कारकादो, नेपालगञ्ज–१८ मा उद्घाटन गर्ने भएको हो । उक्त उद्घाटन समारोहमा बेनालीका ब्राण्ड एम्बेसडर अनमोल केसीको उपस्थिती रहने कम्पनीले जानकारी दिएको छ ।

बेनाली पुरानो ईटालियन मोटरसाईकलको ब्राण्ड हो । उक्त कम्पनीका मोटरसाईकल १३५ देखि ६०० सिसिको रेञ्जमा गोरखा इन्टरप्राईजले बेच्दै आएको छ । उक्त शोरुममा मोटरसाईकलका पार्टपुर्जा लगायतका सामग्रीहरु सुपथ मूल्यमा दिने कम्पनीले जानकारी दिएको छ ।

बेनालीको शोरुमकोे उद्घाटनले नेपालगञ्ज विश्वस्तरीय मोटरसाइकलको प्रदर्शन गर्नेछ र हामी आशावादी छौ कि यसले बजारको मोटरसाईकलको माग र चालकको चाहना परिपूर्ति गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL