Logo

भक्तपुर फाइनान्सको आइपीओ आजदेखि,३८ स्थानबाट आवेदन भर्न पाइने

भक्तपुर फाइनान्सको आइपीओ आजदेखि,३८ स्थानबाट आवेदन भर्न पाइने


रामराजा श्रेष्ठ
0
Shares

विजखबर संवाददाता

९, वैशाख । भक्तपुर फाइनान्सको साढे ७ करोड रुपैयाँको प्राथमिक सेयर (आइपीओ) आजबाट विक्री खुला भएको छ । १ सय रुपैयाँ अंकित दरका यो सेयरमा लगानी कर्ताले विभिन्न पाँच कम्पनीमार्फत मुलुकभरको ३८ स्थानबाट आवेदन दिन सकिने छ ।
कम्पनीले जनाए अनुसार भक्तपुर फाइनान्स, एनसीएम मर्चेण्ट बैंकिङ, एनएमबी बैंक र ओम फाइनान्स तथा तिनको शाखा कार्यालयहरु मार्पmत आइपीओमा आवेदन दिन सकिन्छ ।

कम्पनीले एनएमबी क्यापिटल र एनसीएम मर्चेण्ट बैंकिङलाई धितोपत्र निश्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ भने एनएमबी, सानीमा र बैंक अफ काठमाण्डूलाई निष्काशन बैंक नियुक्त गरेको छ । लगानीकर्ताले चाँडोमा वैशाख १४ र ढिलोमा २३ गतेसम्म आवेदन दिन पाउने छन् । जारी भएको सबै आइपीओ बाराबरको माग १४ गतेसम्म नआएमा मात्रै म्याद थप हुने छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उक्त आइपीओका लागि ‘ग्रेड ५’ रेटिङ दिएको छ । यो भनेको न्यून स्तरको ग्रेडिङ हो । कम्पनीले जारी गर्ने कुल साढे ७ लाख कित्तामध्ये सर्वसाधारणले ६ लाख ५७ हजार ५ सय कित्ताको लागि आवेदन भर्न पाउने छन् । बाँकी सेयरमध्ये १५ हजार कित्ता कर्मचारीका लागि र ३७ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सेयर आवेदन दिन पाइने स्थानहरु ः

bhaktpur finance

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL