Logo

टेलिकमले ल्यायो नयाँ बर्ष डाटा प्याकेज योजना, एसएमएसमा समेत ५० प्रतिशत छुट

टेलिकमले ल्यायो नयाँ बर्ष डाटा प्याकेज योजना, एसएमएसमा समेत ५० प्रतिशत छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३० चैत, काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षदेखि लागू हुनेगरी जीएसएम पोष्टपेड मोबाइलमा डाटा प्याकेज ल्याएको छ ।

सो प्याकेज अन्तर्गत मासिक ९ सय रुपैयाँमा २ जीबी डाटा खरीद गर्न पाइन्छ । यो प्याकेज खरीद गर्दा २ जीबी डाटासहित ५ सय रुपैयाँ बराबरको कुराकानी गर्न पाइने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले सीडीएमए सेवामा समेत छुटसहितको नयाँ प्याकेज ल्याएको बताएको छ । नयाँ प्याकेजमा २ सय एमबी डाटा ७५ रुपैयाँमा, ५ सय एमबी डाटा १ सय ७५ रुपैयाँमा र १ जीबी डाटा ३ सय २५ रुपैयाँमा खरिद गर्न सकिन्छ । यो प्याकेज खरीद गरेको १ महिनाकालागि मात्र लागु हुने बताइएको छ ।

३ जीबी डाटा ८ सय ५० मा खरिद गरी २ महिना चलाउन पाइने छ । ५ जीबी डाटा ११ सयमा ३ महिनाका लागि र १० जीबी डाटा १८ सयमा खरिद गरी ६ महिनासम्म चलाउन सकिने बताइएको छ ।
टेलिकमले नयाँ वर्षको अवसरमा आफ्नो नेटवर्क भित्र आदान(प्रदान गरिने एसएमएसमा पनि ५० प्रतिशत छुट दिएको छ ।

योजना आजदेखि बैशाख दुई गतेसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL