Logo

सिटिसी मोवाइल एक्स्पोमा छुटैछुट, विभिन्न कम्पनीले मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गर्दै

सिटिसी मोवाइल एक्स्पोमा छुटैछुट, विभिन्न कम्पनीले मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गर्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२९ चैत,काठमाडौं । सुन्धाराको सिटिसी मलमा जारी सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पोमा विभिन्न कम्पनीले मनोरन्जनात्मक कार्यक्रम आयोजना गरेका छन् । सो एक्स्पोमा सामसुङ मोबाइलले सिटिसी मलको ग्राउण्ड फ्लोरमा फुस्टल प्रतियोगिता गराउँदै बिजेताहरुलाई आकर्षक उपहार प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरि माइक्रोम्याक्सले पनि ग्राउण्ड फ्लोरमा क्रिकेट प्रतियोगिता गराउँदै बिजेतालाई कम्पनीको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदानगर्दै आएको छ । क्रिकेटका राष्ट्रिय खेलाडीहरुसँग बलिङ गर्ने अबसर प्रदान गरिने दैनिक कार्यक्रम रहेको माइक्रोम्याक्स मोबाइलले जानकारी दिएको छ ।

मलको बाहिरी भागमा बिभिन्न मोबाइल कम्पनीहरुले चेयर्स लेडीमार्फत आकर्षक नृत्य प्रस्तुत गरिरहेका छन् । सिटिसी मोबाइल बजारले नयाँ बर्षको अबसर पारी एक्स्पोमा सहभागि सबैलाई लक्की ड्र मा समाबेश गर्दै प्रत्येक घण्टा एउटा मोबाइल समेत बितरण गर्दै आएको छ । दैनिक एक्स्पोमा आउने भिजिटरहरुको बीचमा लक्की ड्र गर्दै ७ वटा मोबाइल लक्की ड्र मार्फत दिइरहेको बजारका अध्यक्ष सन्दिपमानश्रेष्ठले बताए ।

सुचना प्रबिधीको नयाँ आधार सबैका लागि सिटिसी मोबाइल बजार नाराकासाथ संचालनमा ल्याइएको यस मोबाइल बजारमा भाग लिएका स्टल मध्ये ग्रीन एप्पलले बेलुन फुटाउनुस आकर्षक उपहार लैजानुस भन्दै रोमांचक कार्यक्रम राखेको छ ।
मलको चौथो तल्लामा रहेको डिजिटल इलेक्ट्रोनिक्सले आफुसँग रहेको स्टक मोबाइलमा २० प्रतिशत सम्म छुट प्रदान गरेर बिक्री गरिरहेको छ ।

यस्तै सिटिभी मोबाइलले मोडल हेरि ५० प्रतिशत सम्म छुटको ब्यबस्था गरेको छ । बेस्ट मोबाइल सपले सम्पूर्ण एशोसजिको खरिदमा २० प्रतिशत सम्म छुटको ब्यबस्था गरेको छ ।

१ सय भन्दा बढी स्टलले भाग लिएको यो एक्स्पोमाको दोस्रोदिन सम्ममै १ करोड भन्दा बढिको कारोबार भएको तथा ७० हजार भन्दा बढीले अबलोकन गरेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL