Logo

नेप्से परिसुचक ५ अंकले बढ्यो, १८ करोडको कारोवार

नेप्से परिसुचक ५ अंकले बढ्यो, १८ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२६ चैत, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ४ दशमलव ७४ अंकले बढेको छ । बजार खुलेदेखि सामान्य रुपमा उकालो लागेको नेप्से अन्तमा बढेर ९ सय ४६ दशमलव ८९ अंकमा पुगेर अडिएको छ ।

विहीबार सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक १५ दशमलव ९५ अंकले बढेको छ । तर, अन्य केही समुहको बृद्धि भने १० अंकभन्दा तल नै रहेको छ । नेप्से परिसुचकमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक भने ५ दशमलव ८३ अंकले बढेको छ । सो समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक पनि उकालो लागेको छ ।

बजारमा व्यापार, होटल र अन्य समुहको परिसुचक भने ओरालो लागेको छ ।

दिनभर बजारमा १७ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको छ । विहीबार कुल १ सय ३१ कम्पनीको ४ लाख २७ हजार कित्ता सेयर खरिद विक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL