Logo

बजाजले ल्यायो ‘पल्सर ब्लु फायर’ कार्ड, स्पेयरपार्टदेखि रेष्टुराँमा समेत छुट

बजाजले ल्यायो ‘पल्सर ब्लु फायर’ कार्ड, स्पेयरपार्टदेखि रेष्टुराँमा समेत छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ चैत, काठमाडौं । बजाज मोटरसाइकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘पल्सर ब्लु फायर’ कार्ड ल्याएको छ , बजाजको नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचंदले विशेषगरी पल्सल मोटरसाइकल चालकका लागि सो योजना ल्याएको हो ।

कम्पनीले उपलब्ध गराएको उक्त ‘पल्सर ब्लु फायर’ सदस्यता कार्ड पाएका राइडरहरुलाई अन्य भन्दा राइडरभन्दा माथिल्लो श्रेणीमा राख्नेछ । पल्सर राइडरहरुका लागि ‘पल्सर ब्लु फायर’ क्लबको सदस्यता ऐच्छिक रहनेछ । उक्त सदस्य बन्नका लागि ३ हजार रुपैयाँ शूल्क तिर्नु पर्नेछ । साथै, सदस्यता लिए बापत पल्सर राइडरहरुलाई सो भन्दा बढी मूल्यको एउटा पल्सर किट प्रदान गरिनेछ ।

‘पल्सर ब्लु फायर’ सदस्यता कार्ड भएका पल्सर राइडरहरुले ललितपुरमा भएको हंसराज हुलासचंद कम्पनी प्रा.लि.को सर्भिस सेन्टरमा स्पेयर पार्टस तथा अन्य सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् । साथै क्लबका सदस्यहरुले काठमाडौँ भरि कम्पनीले सहकार्य गरेको विभिन्न रेष्टुरेण्ट तथा ब्राण्डेड लुगा पसलहरुमा समेत छुट पाउनेछन् । अहिलेका लागि सो ‘पल्सर ब्लु फायर’ कार्ड टेकुमा रहेको बजाज सोरुमबाट प्रदान गरिँदै छ ।

यसका साथै ‘पल्सर ब्लु फायर’ क्लबको सदस्यहरुलाई हरेक वर्ष गरिने कार्यक्रममा निःशूल्क प्रवेश दिइनेछ । सधैँ आफ्नो ग्राहकहरुको बाइकिङ अनुभवलाई अझै प्रखर बनाउनका लागि प्रतिबद्धता जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL