Logo

‘मेड इन नेपाल’ एक्स्पो हुँदै, घरेलू देखि ठूला उद्योगको उत्पादन समेत राखिने

‘मेड इन नेपाल’ एक्स्पो हुँदै, घरेलू देखि ठूला उद्योगको उत्पादन समेत राखिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

११ चैत, काठमाडौं । काठमाडौंमा ‘मेड इन नेपाल’ एक्स्पो हुने भएको छ । नेपाल युवा उद्यमी मञ्चको आयोजना तथा शिवम सिनेन्टको मुख्य प्रायोजनमा हुन लागेको सो मेला यही चैत २७ गतेदेखि ३० गतेसम्म चल्ने छ । मञ्चले आयोजना गरेको नेपालमा उत्पादित वस्तु तथा सेवाको यो पाचौँ प्रदर्शनीे हो ।

मेलालाई शिवम सिमेन्टले ३ वर्षसम्म प्रायोजन गर्ने सम्झौता समेत भएको छ । यस पटकको मेलाको स्लोगन नै शिवम सिमेन्ट मेड इन नेपाल एक्स्पो राखिएको आयोजनकले जानकारी दिएको छ ।
विशेषगरी नेपालमा उत्पादित नेपाली वस्तु र सेवाको प्रवद्र्धन गर्नका लागि सो मेलाको आयोजना गरिएको मञ्चका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए । ‘यस पटक हाम्रो पनि राम्रो पनि भन्ने मुल नाराका साथ यो मेलाको आयोजना गर्न लागेका छौं,’ उनले भने, ‘जसले नेपाली बस्तु तथा उत्पादनलाई आम उपभोक्ता समक्ष पुर्याउन सहयोग गर्नेछ ।’ स्वदेशी बस्तको प्रयोग नबढेसम्म देशको आर्थिक बृद्धि नहुने बताउँदै आगामी दिनमा यस्ता मेलालाई उच्च प्राथमिकताका साथ अघि बढाइने बताए ।

मेड इन नेपाल प्रदर्शनी २०७१ का संयोजक सुदर्शन बस्नेतले यस्ता खालका मेलाले नेपाली बस्तु तथा उत्पादनको बजारीकरण गर्न सहयोग पुग्ने बताए । नेपालमा उद्यमशीलता विकासमा ठुलो संभावना रहेको बताउँदै आगामी दिनमा त्यसलाई उजागर गर्नु पर्ने उनको भनाइ थियो । यस पटकको मेलामा सामान्य खालका घरेलू बस्तु तथा उत्पादनदेखि ठूलठूला कम्पनीको उत्पादन समेत राखिने उनको भनाइ थियो । साथै पर्दशनीले नेपाली वस्तु तथा सेवालाई नेपालीले आफ्नो सम्झेर प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिने समेत उनको भनाइ थियो ।

मेलाको मुख्य प्रायोजक शिवम सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयलले स्वदेशी उत्पादनको अधिकतम प्रयोग गरी आयात प्रतिस्थापन गर्नुपर्ने बताए । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन हुने वस्तुको उत्पादनमा सरकार र निजी क्षेत्र दुवैले प्राथमिकता दिनुपर्ने समेत उनको भनाइ थियो । तर, गुणस्तरमा भने कुनै पनि हालतमा सम्झौता गर्न नहुने समेत उनले बताए । ‘देशमा उद्योगकलकारखाना विस्तार नभइ आथिर्क बृद्धि तथा रोजगारी सिर्जना हुन सक्दैन,’ उनले भने, ‘त्यस्ता कार्यका लागि स्वदेशी बस्तुको प्रयोगलाई बढाउनु पर्छ ।’

स्वेदशी वस्तुको प्रयोगलाई बढवा दिन आफूहरु लगातार लागिरहेको बताउँदै सबै मिलेर यसको प्रवद्र्धन गर्नुपर्ने मेलाको सह आयोजक फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रवीनकुमार श्रेष्ठले बताए । आफुहरुले स्वदेशी ब्राण्डको विस्तारका लागि मेड इन नेपाल नामक लोगो नै गर्दा गराएर अघि बढेको जानकारी दिए ।

चारदिनसम्म चल्ने मेलाको प्रवेश शुल्क २० रुपैयाँ तोकिएको छ । तर, नेपाल पोसाक तथा जातीय भेषभुसामा आउनेलाई भने निशुल्क प्रवेको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मेला हुने मेलामा १ सय ३० वटा स्टल रहने छन् । यस्तै, मेला बाहिर नेपाली खानेकुरा पनि व्यवस्था हुनेछ । उक्त पदर्शनीको मिडिया कोर्डिनेशन भने नेपाल आर्थिक पत्राकार समाजले गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL