Logo

भैरहवामा टोयोटाको नयाँ शोरुम, शनिवारदेखि कारोवार शुरु

भैरहवामा टोयोटाको नयाँ शोरुम, शनिवारदेखि कारोवार शुरु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ चैत , काठमाडौं । भैरहवामा टोयोटाको नयाँ शोरुम स्थापना भएको छ । शनिवार एक कार्यक्रमबीच सो शोरुमको उद्दघाटन गरिएको हो ।

नेपालका लागी टोयोटाको आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यस क्षेत्रका लागी सौरभ इन्टरप्राइजेजलाई बिक्रेता जिम्मा दिएको जानकारी दिएको छ । यससँगै सौरभ ईण्टरप्राइजेजले टोयोटा कम्पनिबाट उत्पादित सबै ब्रान्डका गाडीहरुको बिक्री, बिक्री पछीको सेवार स्पेयर पार्टसलगायत सम्बन्धित सेवा उपलब्ध गराउने जानकारी दिइएको छ ।

बिक्रीकक्ष सहित अन्य शाखाको युनाईटेड ट्रेडर्श सिन्डिकेट प्रालिका सिनीयर डाईरेक्टर कैलाशभक्त राजभण्डारी, नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, सौरभ इन्टरप्राइजेका अध्यक्ष दिपक राजश्रेष्ठ र पञ्चकन्या ग्रुपका उपाध्यक्ष धु्रबकुमार श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL