Logo

साढे ३ अंकले घट्यो नेप्से, १८ करोडको मात्र कारोवार

साढे ३ अंकले घट्यो नेप्से, १८ करोडको मात्र कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ चैत, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक त्यसको केही बेरमै ओरालो लागेको थियो । आइतबार ३ दशमलव ५० अंकले घटेर नेप्से परिसुचक ९ सय ६४ दशमलव १२ अंकमा आएर अडिएको छ ।

आइतबार बजारमा उत्पादनमुलक र अन्य समुहको परिसुचक वाहेक अरु सवै समुह ओरालो लागे । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ४४ दशमलव ७ अंकले ओरालो लागेको छ भने जदविद्युत् समहुको परिसुचक २६ अंकले आरोलो लागेको छ । यस्तै, होटल समुहको परिसुचक १६ दशमलव ४९ अंकले झरेको छ । बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ५ दशमलव ३२ अंकले घटेको छ ।

आइतबार अन्य र उत्पादनमुलक समुहको परिसुचक भने क्रमश १९ दशमलव ९६ र १६ दशमलव ९ अंकले बढेको छ । बजारमा दिनभर १८ करोड ५० लाख रुपैयाँ बरावरको सेयर किनेवच भएको छ । साथै, १ सय ३४ कम्पनीको ५ लाख १३ हजार कित्ता सेयर कारोवार भएको समेत नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL