Logo

बससेवाले ल्यायो उपहार योजना, नयाँ बर्षमा दुई जोडीलाई पोखराको टुर

बससेवाले ल्यायो उपहार योजना, नयाँ बर्षमा दुई जोडीलाई पोखराको टुर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

८ चैत,काठमाडौं । बससेवा डटकमले नयाँ बर्षको अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । १ महिनासम्म लागू हुने योजनामा सो अवधिभर अनलाइनबाट टिकट काट्ने व्यक्तिमध्येबाट दुई जोडिलाई पोखराको ३ दिने टुर प्याकेजमा सहभागी गराइने बससेवाले जानकारी दिएको छ ।

साथै ५ जनालाई शत प्रतिशत क्यासब्याक र अन्य १० जनालाई टिकट मूल्यको ५० प्रतिशत क्यासब्याक हुने बससेवाले बताएको छ । अनलाइनबाट बस टिकेटिङ गर्ने बससेवा डटकमले चैत १० गतेबाट लागु हुने गरी छुट योजना सञ्चालन गरेको हो ।

घरबाटै टिकट काटेर गन्तब्यमा पुग्ने सकिने सेवालाई अझ विस्तार गर्ने उद्देश्यले उपहार योजना सार्वजनिक गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पर्शुराम खनालले जानकारी दिए ।
बससेवाले विगत आठ महिनादेखि नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने प्रविधिको सञ्चालन गर्दै आएको छ ।

यसको माध्यमबाट आफू जाने बसको टिकट घरमै बसेर वा नजिकैको साइबर, कम्युनिकेशन सेन्टर तथा ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ । दैनिक ३  सय यात्रुले बससेवा मार्फत अनलाइनबाट टिकट काटि यात्रा गर्दै आइरहेको पनि बससेवाले जानकारी दिएको छ ।

बससेवाले हाल देशभरका १ सय ५० भन्दा बढि यातायात व्यवसायीसँगको सहकार्यमा मुलुकका मुख्य रूटमा बसको टिकट अनलाइनमार्फत् उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL