Logo

कात्तिक २१ देखि ज्वेलरी एक्स्पो, सहभागीताका लागि बलिउड नायिका रबिना टण्डन काठमाडौंमा

कात्तिक २१ देखि ज्वेलरी एक्स्पो, सहभागीताका लागि बलिउड नायिका रबिना टण्डन काठमाडौंमा


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता, काठमाडौं । आगमी शुक्रवार (कात्तिक २१ गते)देखि काठमाडौंमा बृहत् रत्न तथा आभुषण प्रदर्शनी हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघले दोस्रो संस्करणको रत्न तथा आभुषण प्रदर्शनी गर्ने भएको हो ।  दरबारमार्गस्थित याक एण्ड यति होटलभित्र  सञ्चालन हुने प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

Rabina Tandan  - Bizkhabar.com

प्रदर्शनीमा नेपालको मौलिक कालीगढी, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता, गुणस्तरीयतालगायतका बारेमा उपभोक्तलाई जानकारी दिइने छ । त्यस्तै, मौलिक तथा आधुनिक गरगहणको प्रदर्शनी समेत हुने छ ।

Jewellery Expo - Bizkhabar.com

प्रदर्शनीको फेशन सो कार्यक्र समेत गरिने छ । १९ गते हुने फेसन सो कार्यक्रमका लागि बलिउड नायिक रबिना टण्डन काठमाडौं आइसेकेकि छन् । उनी बुधवार मंगलवार काठमाडौंल आएकी हुन् ।  उक्त फेशन शोमा १० वटा गरगहना निर्माणमा संलग्न कम्पनीहरुले आकर्षक गरगहनाका साथ महिलाहरुलाई ¥याम्पमा उतार्नेछन् । प्रदर्शनीको सो शटरकोरुपमा नायिका टण्डन रहने जानकारी दिइएको छ । उनले अन्य मोडलहरुले पनि प्रस्तुति दिनेछन् । चर्चित नायिका टण्डनले नेपाली गहना पहिरन गरी ¥याम्पमा जानेछिन् ।

तीन दिनको अवधिमा करिब १० हजार भन्दा बढी आगन्तुकले भ्रमण तथा अवलोकन गर्ने आयोजकको विश्वास छ । प्रदर्शनीमा गरगहनासँग सम्बन्धित ३५ वटा कम्पनीहरुको सहभागिता रहनेछ । यस प्रदर्शनीलाई नेपाल सरकार व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL