Logo

सामसुङका दुई नयाँ स्मार्टफोन बजारमा, मूल्य ३२ हजार र २७ हजार

सामसुङका दुई नयाँ स्मार्टफोन बजारमा, मूल्य ३२ हजार र २७ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० फागुन,काठमाडौं । सामसुङको दुई नयाँ मोडलका स्मार्टफोन बजारमा भित्रिएको छ । विशेषगरी मधयमबर्गीय उपभोक्तालाई लक्षित गर्दै ग्यालेक्सी इ सेभेन ग्यालेक्सी इ फाइभ स्मार्टफोन नेपाली बजारमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

सेल्फि खिच्नका लागि उपयुक्त यी स्मार्टफोन विशेषगरी युवाहरुको आकर्षण बन्ने कम्पनीको विश्वास छ ।

५ मेगापिक्सलको फ्रण्ट तथा व्याक क्यामरा भएको यी स्मार्टफोनमा हाई डेफिनेसनको आल्मोन्ड स्क्रिन, २ जिवी र्याम,५ जिवी मेमोरीलगायत सुविधा छन् । त्यस्तै दुई सिम लाग्ने  फोनमा ३४ जिवीको एक्सपान्डेवल मेमोरी छ ।

ग्यालेक्सी इ सेभेनको बजार मूलय ३२ हजार ५ सय र इ फाइभको २७ हजार ५ सय रहेको कम्पनीले जानकारी दिएको छ ।अल्ट्रा पावर सेभ मुडले फोनलाई स्तरीय बनाएको छ । जसबाट लामो समयसम्म व्याट्रि टिकाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL