Logo

सामान्य घट्यो नेप्से, ३१ करोडको कारोबार

सामान्य घट्यो नेप्से, ३१ करोडको कारोबार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ फागुन,काठमाडौं । बुधवार नेप्से परिसुचक ० दशमलव ३७ अंकले घटेको छ । मंगलवार ४ अंकले घटेको नेप्से, बुधवार ९ सय ८४ मा पुगेर बजार बन्द भएको छ ।

सो दिन बिमा समुहको परिसुचक सवैभन्दा बढी २० दशमलव ८५ अंकले घटेको छ । त्यस्तै होटल समुहको ८ दशमलव ७१,जलविद्युतको ६ दशमलव ०७, फाइनान्सको ० दशमलव १५ र विकास बैंकतर्फ ० दशमलव ८१ अंकले गिरावट आएको छ ।

यता बैंक,उत्पादन तथा अन्यसमूहको परिसुचक भने सामान्य उकालो लागेको छ । बैंकिङ समुहतर्फ ० दशमलव ३६, उत्पादन तर्फ २ दशमलव ३३ र अन्यसमुहको परिसुचक ३ दशमलव ५३ अंकले बढेको छ ।

बजारमा १ सय ५१ कम्पनीको ६ लाख ९७ कित्ता सेयर बाट ३१ करोड २ लाखको कारोबार छ ।

प्रतिक्रिया दिनुहोस्
MBL