Logo

डुकाटी स्क्रेमब्लर बजारमा, नेपाली सडक सुहाँउदो मोटरसाइकल भएको कम्पनीको दावी

डुकाटी स्क्रेमब्लर बजारमा, नेपाली सडक सुहाँउदो मोटरसाइकल भएको कम्पनीको दावी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ फागुन,काठमाडौं । डुकाटी स्क्रेमब्लर मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । डुकाटीको नेपालका लागि आधिकारिक विक्रेता टुर्वो मोटरले बजारमा ल्याएको हो ।

परम्परागत तथा समकालिन लुक्सको समिश्रण सो मोटरसाइकलले मोटरसाइकल पे्रमीहरुलाई आकर्षित गर्ने बताइएको छ । ८ सय ३ सिसिको यो मोटरसाइकल डुकाटी हेरिटेजको ‘रिफ्लेक्सन’ हो ।

‘एल ट्वीन्स’ इन्जिनको सो मोटरसाइकलमा लामो ह्यणडील छ । जसले गर्दा चलाउन आनन्द हुन्छ । ‘लो सिटिङ’ सो मोटरसाइकलको विशेषता हो ।

यो मोटरसाइकल नपाली सडकका लागि सुहाउँदो भएको कम्पनीको दावी छ । कम्पनीले प्रवद्र्धनका लागि सहुलियत मुल्यमा सो मोटरसाइकल बेच्ने भएको छ ।

सार्वजनिक गरिएको केही समय उपभोक्तालाई मोटरसाइक्लको खरिद मूल्यमा छुट दिन लागिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL