Logo

सुजुकीको नयाँ वर्ष २०१८ अफर, साँढे ४ लाख रुपैयाँसम्मको नगद छुट

सुजुकीको नयाँ वर्ष २०१८ अफर, साँढे ४ लाख रुपैयाँसम्मको नगद छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सुजुकीकोे नेपालको लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ अफर ल्याएको छ ।

मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत ‘दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी’ अफर ल्याएको हो ।

उक्त अफर अन्तर्गत उपभोक्ताले साँढे ४ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपैयाँ सम्म अतिरिक्त स्क्रयाच कुपन, रोड ट्याक्स र रजिष्टे«शन निःशुल्क पाउने जस्ता अफर रहेका छन् ।

कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागनआर, सेलेरिया, स्विफ्ट, रहेका छन ।

यसका साथै ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नीकार्गो, ओम्नीभ्यान र ईको पनि नेपाली बजारमा उपलब्ध रहेको मोटोकर्पले जानकारी दिएको छ ।

यो सुविधा २०१६, २०१७ तथा २०१८ का मोडलहरुमा छुट्टाछुट्टै प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL