Logo

आशा जगाउँदै सेयर बजार, कारोबार र नेप्से परिसुचक दुबै उकालो

आशा जगाउँदै सेयर बजार, कारोबार र नेप्से परिसुचक दुबै उकालो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको तेस्रो दिन पनि नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १२ दशमलव २७ अंकले बढेको छ । मंगलबार नेप्से परिसुचक १ हजार ४ सय १६ अंकमा पुगेर अडिएको छ ।

बजारमा नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लगेका छन् । दैनिक कारोबार ३५ करोड रुपैयाँभन्दा तल झरेको बजारमा मंगलबार ५० करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

मंगलबार उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । बजारमा सबैभन्दा प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १२ दशमलव ९६ अंकले बढ्दा समग्र नेप्से परिसुचकमा दोहोरा अंकको बृद्धि देखिएको छ । बजारमा होटल बैंक, बीमा तथा उत्पादनमुलक समुहको परिसुचकको बृद्धि उत्साहजनक देखिएको छ ।

बजारमा दिनभर १ सय ५८ कम्पनीको ९लाख १५ हनार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्सको ६ करोड ३६ लाख रुपैयाँको कारोबार हुँदा दोस्रोमा सानिमा माई हाइड्रोको साढे ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL