Logo

कार्बोनको स्पार्कल मोबाइल बजारमा, मुल्य रु ११ हजार ८ सय ९९

कार्बोनको स्पार्कल मोबाइल बजारमा, मुल्य रु ११ हजार ८ सय ९९


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ फागुन, काठमाडौं । कार्बोनको ‘स्पार्कल भी’ मोडलको मोबाइल नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कार्बेन मोबाइलको आधिकारिक विक्रेता एलाइड ट्रेड लिंक इन्टरनेशनल प्रालिले उक्त मोबाइल बजारमा ल्याएको हो ।

एन्ड्रोइड वन सफ्टवेयर भएको उक्त मोबाइलमा लामो समयसम्म चल्ने ब्याट्री भएको कम्पनीले जानकारी दिएको छ । मोबाइलको बजार मूल्य ११ हजार ८ सय ९९ रुपियाँ तोकिएको छ ।

कार्बोन स्पार्कल भीमा एण्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिष्टम, दुई सिम प्रयोग गर्न सकिने सुविधा, ५ मेगापिक्सेलको रियर र २ मेगापिक्सेलको फ्रण्ट क्यामेरा, १ जीबी ¥याम र ४ जीबीको आन्तरिक मेमोरी रहेको छ । १ दशमलव ३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको उक्त मोबाइलले थ्रिजी समेत सर्पोट गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL