Logo

माघ २ गतेदेखि एनआईसी एसियाको १ अर्बको म्युचुअल फण्ड बिक्री

माघ २ गतेदेखि एनआईसी एसियाको १ अर्बको म्युचुअल फण्ड बिक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटलले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी क्यापिटलले माघ २ गतेदेखि १ अर्ब रुपैयाँको सामुहिक लगानी कोष निष्काशन गर्न लागेको हो ।

७ बर्षे बन्दमुखी योजना रहेको एनआइसी एशियाग्रोथ फण्डलाई धितोपत्र बोर्डले यही पुस ११ गते निष्काशनका लागि अनुमति प्रदान गरेको थियो । एनआइ सीएशियाग्रोथ फण्डले १ अर्ब रुपैयाँ बराबरको प्रति इकाई १० अंकितमूल्यका दरले १० करोड ईकाइ सर्व–साधारणमा बिक्रीगर्न लागिएको हो । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनको आकार १ अर्ब पच्चीस करोड रुपैयाँसम्म पुर्याइने कम्पनीले जानकारी दिएको छ । यसरी संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिनेछ ।

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोबार गर्न सकिनेछ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफलपाउने छन् भने दोस्रो बजारमाहुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभलिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL