Logo

हिमालयन हाइड्रो एक्स्पो शुरु, जलविद्युत उत्पादकदेखि सप्लायर्ससम्मको जमघट एकैठाउँमा

हिमालयन हाइड्रो एक्स्पो शुरु, जलविद्युत उत्पादकदेखि सप्लायर्ससम्मको जमघट एकैठाउँमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उर्जाको विकास अपेक्षित रुपमा हुन नसकेको बताएकी छन् । उर्जा उत्पादन सुरु भएको १ सय ७ वर्षको इतिहासमा जम्मा ९ सय मेगावाट मात्र जलविद्युत उत्पादन भएको भन्दै उनले सरकार, निजी क्षेत्र सबै एक भएर लाग्नु पर्ने बताएकी हुन् ।

शुक्रबार हिमालयन हाइड्रो एक्स्पो २०१८ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उर्जाको विकास नभएकाले समग्र मुलुकको विकास अपेक्षित हुन नसकेको बताएकी हुन् । उनले पर्याप्त जालस्रोतको अधिकतम सदुपयोग गर्दै उर्जा विकासमा लाग्न सरकार तथा सम्बद्ध पक्षसँग आह्वान गरेकी छन् । हाइड्रो एक्स्पोले उर्जा विकासका लागि सहजीकरण गर्ने मार्ग पहिचान गरि समस्या समाधानमा योगदान पुग्ने राष्ट्रपतिको अपेक्षा छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जलविद्युतको विकासमा बाधक बनेको प्रशासनिक र कानुनी प्रकृया सहज बनाउनु पर्ने बताईन । नवीकरणीय उर्जाको विकासलाई प्राथमिकतामा राख्नु पर्ने बताउँदै उनले निजी क्षेत्र जलविद्युत विकासमा प्रतिबद्ध रहेको बताइन् ।

यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्माले देशमा अधिक मात्रामा रोजगारी श्रृजना गर्न उर्जा विकासलाई पहिलो प्राथमिकता दिनु पर्ने बताए । उर्जा विकासबाट तिब्र औधोगिकरण गरी विश्वमा उदाहरण प्रस्तुत गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष गुरागाईले राजनितिक दल, सरकार र सम्बन्ध पक्षले उर्जा विकासमा प्रतिबद्धता जनाउनु पर्ने बताए । उर्जा विकासमा प्रयोग हुने प्रविधि दशकौं पुरानो हुनुले लागत धेरै हुने तथा नतिजा राम्रो नआउने गरेको इपान अध्ष्यक्ष गुरागाईको भनाई छ । अन्तरराट्रिय बजारमा प्रचलनमा रहेका आधुनिक प्रविधिलाई नेपालमा भित्र्याउनका लागि हाइड्रो एक्स्पोको आयोजना गरिएको उनको दावी थियो । यसले विभिन्न मुलुकसँग उर्जा उत्पादनका नयाँ प्रविधिको ज्ञान लिने अवसर श्रृजना गर्दै उर्जा विकासमा महत्वपुर्ण योगदान पुग्ने उनको भनाई छ ।

पुस २१ गतेदेखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने हाइड्रो एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहेका छन् । जसमध्ये पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता छ ।

७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने एक्स्पोको आयोजक एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । सबै नेपाली एक भएर जुटेको खण्डमा कम लागतमा अधिक उर्जा उत्पादन सम्भव रहेको उनको भनाई छ ।

एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत संचालन गरिनेछ । जस अन्तरगत पहिलो दिन पुष २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुष २२ गते बैंकिंग तथा इन्स्योरेन्स र अन्तिम दिन पुष २३ गते हाइड्रो पावर सम्बन्धि सेमिनारहरु संचालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा ६ वटा भन्दा बढी सेमिनार संचालन गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL