Logo

आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन

आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गोल्छा ग्रुप अन्तरगतको आरके गोल्छा ग्रुपले भारतीय कम्पनी क्रिष्टल इलेक्ट्रीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपलको आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीच गियर्सको बिक्री बितरण सुरु गरेको हो ।

गोल्छा अर्गनाइजेशन अन्तरगतको आरिहान्त कमर्शियल प्रालिले आधिकारिक रुपमा क्रिष्टलका उत्पादनहरुको बिक्री बितरण गर्नेछ ।

आरिहान्त कमर्शियलले नेपाली बजारमा विद्युतीय उपकरण अन्तरगतका एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो ।

त्यसै गरी क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन नेपाली बजारमा भित्रिएका छन् ।

आरिहान्त कमर्शियलका महाप्रबन्धक विजय कुमारका अनुसार अहिले बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको छ । साथै छोटो समयमा नै आफ्ना उत्पादनहरु उच्च गुणस्तरका कारण नै लोकप्रिय बन्ने विश्वास उनको छ ।

यसैबीच कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफरमर पनि नेपाली बजारमा ल्याएको छ ।

सिएसपि (कम्लिट सेल्फ प्रोटेक्सन) प्रविधिका यी साधानले विद्युत महशुल न्युनिकरण सहयोग गर्छ र ट्रान्सफरमरको आयु समेत बढाउछ ।

यो प्रविधि नेपालमा विद्युत खपत कम गर्नका लागि उपयोगी हुने कम्पनीको भनाई छ ।

बजारमा आफ्नो उपस्थिती बलियो बनाउनका लागि उपभोक्तालाई सुपथ मूल्यमा आफ्ना उत्पादन बिक्री बितरण गर्ने लक्ष्य गोल्छा समुहले लिएको छ ।

भारतिय बजारमा रुचाइएजस्तै नेपाली बजारमा पनि पनि हाम्रा उत्पादनको भरपुर सदुपयोग गर्नेछन भन्ने विश्वास महाप्रबन्धक रायले गरे ।

उक्त कम्पनिका उत्पादनहरुले आईएसओ ९००ः२०१५ मान्यता प्राप्त गर्दै भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजा प्राप्त गरेका छन् ।

सन् १९६० देखि विद्युतीय उत्पादन सुरु गरेको क्रिष्टलले उपभोक्ताको मन जित्न सकेका कारण नै विभिन्न अवार्डहरु समेत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL