Logo

टिभिएस अल न्यु टिभिएस जुपिटर क्लासिक स्कुटर बजारमा, मूल्य १ लाख ९० हजार

टिभिएस अल न्यु टिभिएस जुपिटर क्लासिक स्कुटर बजारमा, मूल्य १ लाख ९० हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।

एभरेष्ट प्रिमियर लिगको मुख्य प्रायोजक रहेको कम्पनीले उक्त लिगको फाइनल म्याचको दौरान यो स्कुटर सार्वजनिक गरेको हो ।
टिभिएसले जुपिटर क्लासिक एडिसनमा थुप्रै विशेषताहरु ‘अपग्रेड’ गरेको जानकारी दिएको छ ।

आकर्षक बनावटको सो टिभियस जुपिटरले चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने कम्पनीको दाबी छ । त्यस्तै यसमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्टफुल क्रोम मिरर, क्रोम बास्केट, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिटलगायत सुबिधा छन् ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले उक्त नयाँ संस्करणले भारतमा राम्रो प्रतिकृया पाएको र नेपालमा पनि सकारात्मक प्रतिकृया पाउने विश्वास ब्यक्त गरे । उनका अनुसार कभर स्टाइल, व्यवहारिकपन र मूल्य यो स्कुटरको फरक विशेषता हो ।

फियुल इफिसेन्सीका साथै यसमा टिभिएस प्याटेन्ट इकोमिटर पनि जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ ।

सो स्कुटरको बजार मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । उक्त स्कुटरलाइ इको मोडमा गुडाउँदा इन्धनमा बचत हुने कम्पनीको दाबी छ । कम्पनी टिभिएस मोर्टसको नेपालको लागि आधिकारीक  वितरक हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL