Logo

जर्ज फिस्चरको नयाँ उत्पादन नेपाली बजारमा, पानी र ग्यासका लागि उपयोगी

जर्ज फिस्चरको नयाँ उत्पादन नेपाली बजारमा, पानी र ग्यासका लागि उपयोगी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जर्ज फिस्चरले आफ्नो उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नेपालस्थित आफ्नो आधिकारिक बितरक सञ्चेती ट्रेड लिङ्कमार्फत आफ्नो नयाँ रेञ्जको उत्पादन नेपालमा भित्राएको हो । कम्पनीले जर्ज फिस्चर पाइपिङ प्रणाली इलेक्ट्रोफ्यूजन पीई १०० फिटिङ्सको वृहत रेञ्ज, मेजरमेन्ट इन्स्टुमेन्ट्स नेपाली बजारमा ल्याएको हो ।

उक्त सामानहरु पानी तथा ग्यासको सुरक्षित प्रवाहका लागि उपयोगि हुनेछन् । सञ्चेती ट्रेड लिंकका पवनकुमार सञ्चेतीका अनुसार ‘जर्ज फिस्चर पाइपिङ सिस्टम्स अहिलेको मागलाई सम्बोधन गर्नसक्ने चुहावट रहित र खिया रहित प्लाष्टिक पाइप्स, फिटिङ्स र भल्भ्स भएको दावी गरे ।

जर्ज फिस्चरका सामानहरु नेपाली बजारमा एक दशकदेखि नै घरायसीदेखि औद्योगिक र ठूला भवनहरुमा प्रयोग हुँदै आएको र यसले आगामी दिनमा पानीको स्रोतको प्रभावकारी व्यवस्थापनमा योगदान गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL