Logo

प्रभु लाईफले शुरु गर्यो बैदेशिक रोजगार म्यादी बीमा

प्रभु लाईफले शुरु गर्यो बैदेशिक रोजगार म्यादी बीमा


बिजखबर संवाददाता
27
Shares

काठमांडौ । प्रभु लाइफ इन्स्योरन्सले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुरुवात गरेको छ ।

प्रभुले बाफलस्थित आफ्नो शाखाबाट बैदेशिक रोजगार जीवन बीमा शुरु गरेको हो । बिहीबार एक कार्यक्रमकाबीच म्यादी जीवन बीमाको प्रभु लाइफ इन्स्योरन्सका अध्यक्ष रामबहादुर पाण्डेले उद्घाटन गरेका हुन ।

सो अबसरमा उनले प्रभु लाइफ इन्स्योरन्सले बैदेशिक रोजगारमा जाने कामदारका लागि सधै तप्पर भै सेवा दिने बताए । साथै कम्पनीले आगामी दिनमा देशभर नै आफ्नो शाखा संजाल पूर्याई जीवन बीमासँग सम्बधित हरेक सेवा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिए ।

कार्यक्रममा प्रभु बैंकका संचालक अम्बिका शर्मा तथा प्रभु लाइफका संचालक नरेश मल्लले समेत कम्पनीले यसै गरी ग्राहक माझ आफ्नो पहिचान बनाउन प्रभु लाइफ इन्स्योरन्स सफल हुने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL