Logo

सिटीको बम्पर उपहार विजेता घोषणा, तामाङले पाइन रेनो क्विड आर एक्सएल कार

सिटीको बम्पर उपहार विजेता घोषणा, तामाङले पाइन रेनो क्विड आर एक्सएल कार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटी एक्सप्रेस उत्सव एक्सप्रेस योजनाको बम्पर उपहार विजेता घोषणा गरिएको छ ।

उपहार योजनामा एकजना भाग्यशाली विजेतालाई बम्फर उपहारको रुपमा रेनो क्विड आर एक्सएल कार प्राप्त गरेका छन् ।
योजनाको भदौ्र १८ गते देखि मंसिर १५ सम्मको थियो । जसमा बिमला देवी तामाङ्गले बम्फर उपहारको रुपमा कार जितेका हुन् ।

कम्पनीले हालै एक कार्यक्रम आयोजना गरी उपहार घोषणा गरेको हो ।

ब्राण्ड एम्बासडर सिताराम कट्टेल (धुर्मुस) र यस कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन द्वारा सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा फेसबुक लाइभ कार्यक्रम गरेर विजेताको छनौट गरिएको थियो ।

सो लक्की ड्र मा साउदी अरबको टेलीमनीबाट जमन तामाङले श्रीमती ईलाम निवासी बिमला देवी तामाङलाई पैसा पठाए वापत विजेता छानिएकि कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL