Logo

भ्याटको प्रभावमा परेन नेप्से, दोहोरो अंकले लाग्यो उकालो

भ्याटको प्रभावमा परेन नेप्से, दोहोरो अंकले लाग्यो उकालो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनयता सेयर करोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) आतङ्कले ओरालो लागेको बजार बुधबार पुनः उकालो लागेको छ । कर कार्यालयले तीन वटा ब्रोकर कम्पनीलाई भ्याट दाखिला गर्न पत्राचार गरेसँगै त्रसित बनेको सेयर बजार आज पुनः उकालो लागेको हो ।

हल्लैहल्लाकोबीच मंगलबार बजार १७ अंकले ओरालो थियो । तर, बुधबार भने बजार १० दशमलव ५३ अंकले उकालो लागेको छ । बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक ५२ अंकले बढेको छ । यसैगरी होटल र उत्पादनमुलक समुहका परिसुचक पनि ३० अंकभन्दा बढीले उकालो लागेका छन् ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ् समुहको परिसुचक ८ दशमलव १५ अंकले बढ्दा विकास बैंक समुह ५ दशमलव ७३ अंकले उकालो लागेको छ । बजारमा कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार झण्डै ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार खुम्चिएर ४८ करोड ५९ लाख रुपैयाँमा सिमित भएको छ । दिनभर कुल १ सय ६४ कम्पनीको १० लाख ४३ हजार कित्ता सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL