Logo

रेनोको सर्भिस भेइकलको सेवा, कारमा आउने ८० प्रतिशत समस्या समाधान

रेनोको सर्भिस भेइकलको सेवा, कारमा आउने ८० प्रतिशत समस्या समाधान


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । एड्भान्स अटो मोवाइल प्रालिले रेनो वर्कशप अन हुइल’ वाउ नामक सर्भिस भेइकल रेनोका उपभोक्ताहरुलाई सेवा सुरुवात गरेको छ । कम्पनी रेनोको लागि नेपालको आधिकारीक बितरक हो ।

रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो ।

रेनोको यो सेवाले बिशेष गरि काठमाडौँ उपत्यका भर सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

यो सेवा उपत्यकाका ग्राहकले घरबाटै प्राप्त गर्न सक्नेछन् । यस सर्भिस सेवा पूर्णत अत्याधुनिक र सुविधा सम्पन्न हुनुको साथै यो सेवाबाट कारमा आउने ८० प्रतिशत समस्या त्यही नै समाधान हुने बताएको छ ।

रेनो उपभोक्ताहरूले यो सेवा लिनको लागि १६६०(०१(१६६६६ टोल फ्री नम्बरमा कल गर्न सकिने व्यवस्था छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL