Logo

भृकुटीमण्डपमा चेम्बर एक्स्पो शुरु, नेपाल सहित ८ मुलुकका सामान उपलब्ध

भृकुटीमण्डपमा चेम्बर एक्स्पो शुरु, नेपाल सहित ८ मुलुकका सामान उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबारदेखि भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु भएको छ । पाँच दिनसम्म चल्ने सो एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीलेले उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्वदेशी उद्यमीलाई अगाडि वढाउन एक्स्पो सहयोगीसिद्ध हुने बताईन् । ‘स्वदेशमै कामदारको कमी भए पनि दैनिक हजारौं युवा विदेशिन बाध्य भएका छन्,’ उनले भनिन्, ‘अव देशमा राजनीतिक क्रान्ति सकिएर अव आर्थिक क्रान्तिमा प्रवेश गरेको जसले युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउनेछ ।मा प्रवेश गरेको जसले युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउनेछ ।’

यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रको बिकासका लागि जस्तोसुकै बिषम परिस्थितिमा पनि निजी क्षेत्रले सरकारलाई उदारतापूर्वक सहयोग गर्दै आइरहेको बताउँदै देशको आर्थिक विकास लागि सरकारसंग सहकार्य गर्न प्रतिवद्ध रहेको जानकारी दिए ।

चेम्बरद्वारा आयोजित एक्स्पोमा यस पटक दक्षिण कोरियाले पार्टनर मुललुकको रुपमा सहभागिता जनाएको छ । यसैगरी थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको छ । एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको छ भने २ सय २५ वटा स्टलहरु रहेका छन् ।

मेलामा कृषि, अटोमोवाइल, निर्माणलगायतसँंग सम्वन्धित विभिन्न स्टलहरु रहेका नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्रभूषण चाकुबजीले जानकारी दिए । एक्स्पोको मुख्य प्रायोजक सामसुङ्ग इलेक्टोनिक्स रहेको छ भने सह प्रायोजनमा हेरिटे कार्पेट रहेको छ । यसैगरी अफिसियर इन्स्यूरेन्समा प्रभु इन्स्यूरेन्स रहेको छ ।

मंसिर १८ गतेसम्म चल्ने सो मेलामा करिव ३ लाख भन्दा वढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा आयोजकको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL