Logo

१७ जिल्लाका लागि प्राईम बैंकले माग्यो कर्मचारी

१७ जिल्लाका लागि प्राईम बैंकले माग्यो कर्मचारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न १७ स्थानका लागि कर्मचारी माग गरेको छ । बैंकले नयाँ शाखा बिस्तार गर्ने योजनासहित कर्मचारी माग गरेको छ ।

बैंकले आगामी दिनमा बिरगंज, धनुषा, दोलखा, गोरखा, कैलाली, कपिलबस्तु, मकवानपुर, नवलपरासी, पाँचथर, प्युठान, रसुवा, रुपन्देही, संखुवासभा, सिन्धुली, सोलखुम्बु, सुर्खेत र स्याङजामा नयाँ शाखा बिस्तार गर्न लागेको हो । ती शाखा कार्यालयका लागि बैंकले ट्रेनी असिस्टेन्ड पदमा कर्मचारी माग गरेको हो ।

सो पदमा आवेदन दिनका लागि व्यवस्थापन बिषयमा कम्तीमा ४० प्रतिशत अंक ल्याएर स्नातक उत्र्तीण गरेको हुनुपर्नेछ । आवेदकलाई बैंकले तोकेको जिल्ला उल्लेख गरेर आवेदन दिन समेत बैंकले अनुरोध गरेको छ

प्रतिक्रिया दिनुहोस्
MBL