Logo

स्मार्ट डोकोका डोको भरि डिस्काउन्ट योजना, ७० प्रतिशतसम्मको छुट

स्मार्ट डोकोका डोको भरि डिस्काउन्ट योजना, ७० प्रतिशतसम्मको छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्मार्ट डोकोले २६ नोभेम्बर देखि १० डिसेम्बरसम्म आफ्नो अनलाइन पोर्टलमा विभिन्न सामानहरु खरिद गर्दा ७० प्रतिशत सम्मको छुट दिन डोको भरि डिस्काउन्ट योजनालाई अगाडि सारेको छ ।

यस योजनामा विद्युतीय सामान, पहिरन, मोबाइल फोन, घडि, घरायसी सामाग्रीहरु, बेबी केयर सम्बन्धी सामान तथा अन्य थुप्रै सामानहरुमा विशेष छुटको व्यवस्था मिलाएको छ ।

डोको भरि डिस्काउन्ट योजना अन्तर्गतसोनि, फिलिप्स, सामसङ, कलर्स, वर्लपूल, याडिडास, रिबक, लेभिसलगायत थुप्रै ब्राण्डका सामानहरु विशेष छुटका साथ उपलब्ध रहेको बताएको छ ।

स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समुह (प्रोडक्ट क्याटगोरी) रहेको छन् भने त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् । यहाँ ग्राहकले सहजै रुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थ लगायत अन्य थुप्रै सामानहरु उपलब्ध भएको बताएको छ ।

 

स्मार्टडोकोमा एक क्लिकका भरमा किनिएको सामान सहजै रुपमा ग्राहकको घरको ढोकासम्म आइपुग्छ रिंरोड भित्र तथा देशमा प्रमुख शहरहरुमा निःशुल्क डेलिभरीको व्यवस्था पनि स्मार्टडोकोले गरेको छ । त्यसैले डोको भरिको डिस्काउन्ट योजना अन्तर्गत ग्राहकहरुले विशेष डिस्काउन्टमा विभिन्न सामानहरु खरिद गर्न सकिने छ ।

स्मार्ट डोको एप्स एनड्रोइड तथा आइफोनका लागि उपलब्ध रहेको छ । एप्स डाउनलोड गर्न स्मार्टडोको डट कम वा गगुल प्ले वा आइस्टोरमा भिजिट गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL