Logo

चुनावसम्म एनालग प्रविधिबाट टिभी हेर्न सकिने

चुनावसम्म एनालग प्रविधिबाट टिभी हेर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काटमाडौं । सरकारले मंसिर मसान्तसम्म एनालग प्रणालीबाटै नेपाली टेलिभिजन च्यानल हेर्न मिल्ने व्यवस्था लागू गरेको छ । चुनावको कारण देखाउँदै सरकारले केबलबाटै टेलिभिजन हेर्न मिल्ने एनालग प्रणालीलाई मंसिर मसान्तसम्मका लागि निरन्तरता दिएको हो । सरकारले २ दिन अघिमात्र सबै च्यानललाई डिजिल टिभीमा लैजाने भन्दै एनालग प्रविधिको टिभी बन्द गरेको थियो ।

यहिँ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ३५ वटा च्यानल एनालग प्रणालीबाट हेर्न मिल्ने व्यवस्था गरिएको सुचना तथा संचार मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै मन्त्रालयले केवल टिभी, सेवा प्रदायक संघलाई डिजिटल प्रणालीमा लैजाने कार्ययोजनाका ७ दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL