Logo

ललितपुर र पोखरा पुग्यो एनआईबीएल क्यापिटल

ललितपुर र पोखरा पुग्यो एनआईबीएल क्यापिटल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईबीएल क्यापिटल मार्केटस्ले ललितपुर र पोखराको चिप्लेढुङ्गामा आफ्नो शाखा विस्तार गरेको छ । शाखा कार्यालयहरुबाट पनि सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवा दिने उद्देश्य अनुरुप एनआईबीएलले शाखा विस्तार गरेको हो ।

एनआईबीएलको ललितपुर स्थित जाउलाखेल शाखाको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले उद्घाटन गरेका हुन् । सो समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, एनआईबीएल क्यापिटलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सचिन टिवडेवाल, एनआईबिएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृतलगायतका पदाधिकारीको उपस्थिती रहेको थियो ।

कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानहरुमा समेत शाखा कार्यालय विस्तार गर्ने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL