Logo

सिटीसी मोवाइल बजार सञ्चालनमा, चाँडै नै मोवाइल मेला आयोजना गरिदै

सिटीसी मोवाइल बजार सञ्चालनमा, चाँडै नै मोवाइल मेला आयोजना गरिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ माघ,काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा ‘सिटिसी मोबाइल बजार’ सञ्चालनमा आएको छ । मंगलवारदेखि सुरु सो मोवाइल् बजारमा १ हजार देखि १ लाख रुपैयाँसम्मका नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटहरु विक्री गरिने बताइएको छ ।

मलको चौथो तल्लामा ब्राण्डेड मोबाइल तथा मोबाइल केयर सञ्चालनमा आइसकेका छन् । सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिप मान श्रेष्ठका मलको पाँचौ तलामा बिभिन्न १७ मोबाइल कम्पनीहरुले सभिर्स सेन्टरनिर्माण गरिरहेका छन् ।

केही दिनभित्र मोवाइल बजारको औपचारिक उद्दघाटनका साथै मोबाइल मेला आयोजना गर्न लागेको उनले जानकारी लिए ।

मलमा २ दर्जनभन्दा बढि पसलले कारोबार शुरु गरिसकेको छ । सो बजारमा १ सयभन्दा बढि मोबाइल पसल तथा १७ भन्दा बढि सभिर्स रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL