Logo

जुत्ता मेलामा अवलोकनकर्ताको भीड, १ लाखले अवलोकन गरे

जुत्ता मेलामा अवलोकनकर्ताको भीड, १ लाखले अवलोकन गरे


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ माघ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी चौथो बिगसेल मेलामा अवलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ । मेलाको छैठौ दिन सोमवारसम्म करीब १ लाख अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

मेलामा गुणस्तरीय जुत्ता सुपथ मूल्यमा उपलब्ध भएकोले उपभोक्ताको भीड बढेको आयोजकको दावी छ । साथै गुणस्तरीय आकर्षक जुत्ताहरुको स्टक कम भएको हुँदा आम उपभोक्तालाई मेलामा आइ अवलोकन गर्न शिखर शुज इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताएका छन् ।

नेपाली जुत्ता घर प्रालिले आयोजना गरेको मेलामा बीएफ डियर हिल, शिखर सुज, क्रस रोड, स्काई सुज, टाकुरा सुज, कोसेली छाला जुत्तालगायत प्रदर्शनमा राखिएका छन् ।
सेल मेलामा जाडो लक्षित जुत्ताहरुमा छुट उपलब्ध गराइएको छ ।

साथै मेलामा रु. १ सय ५० देखि ३ हजारसम्मको जुत्ता तथा चप्पलहरु उपोभोक्ताले खरिद गर्न सक्ने संयोजक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL