Logo

नेप्से ३ अंकले घट्यो, कारोवार रकममा पनि गिरावट

नेप्से ३ अंकले घट्यो, कारोवार रकममा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिवखबर संवाददाता

२२ माघ, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक २ दशमलव ८१ अंकले घटेको छ । बजार खुलेदेखि केही समय उच्च रुपमा घटेर ९ सय ७९ अंकमा आएको नेप्से परिसुचक ‘यु टर्न’ गर्दै ९ सय ८४ दशमलव २२ अंकमा पुगेको छ । केहीदिन यता नेप्से परिसुचक ओरालो लाग्दै आएको छ ।

बिहीबार बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक १६ दशमलव ५ अंकले घट्यो । यस्तै, नेप्सेमा प्रभावपार्ने बैंकिङ समुहको परिसुचक ६ अंकले घटेको छ । बैंकिङ समुहको परिसुचक ओरालो लागेसँगे समग्र नेप्से परिसुचक पनि ओरालो लागेको हो ।
यस्तै, जलविद्युत् समुहको परिसुचक ७ दशमलव ३२ अंकले घटेको छ । बजारमा फाइनान्स र विकास बैंक समुहको परिसुचक पनि ओरालो लागेको छ ।

बजारमा बीमा, उत्पादनमुलक र अन्य समुहका परिसुचक भने सामान्य उकालो लागेको छ । बिहीबार कुनै पनि समुहको परिसचुक २० अंकभन्दा बढीले घटवढ भएको छैन ।

बिहीबार कारोवार रकम पनि घटेको छ । बुधबार ३४ करोड रुपैयाँको सेयर कारोवार भएकोमा बिहीबार २६ करोड ७३ लाख रुपैयाँ बरावरको ६ लाख २२ हजार कित्ता सेयर मात्र कारोवार भएको छ । साताको अन्तिम दिन १ सय ४४ वटा कम्पनीको सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL