Logo

एनसेल मेलामा झुमे दर्शक

एनसेल मेलामा झुमे दर्शक



काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले शनिवार जावलाखेलमा आयोजना गरेको एनसेल मेलामा दर्शकले उल्लेखीय सहभागीता जनाएका छन् । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग दशैंको शुभकामना तथा खुशीयाली साट्न आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा दर्शकले उत्साहजनक सहभागीता जनाएका हुन् ।

दशैको अवसर पारेर एनसेलले देशका आठ प्रमुख शहरहरु विर्तामोड, विराटनगर, सिन्धुली बजार, बिरगंज, नारायणगढ, दाङ तुलसीपुर र नेपालगंजमा एनसेल मेला आयोजना गरेको थियो । मोफसलका ग्राहक तथा शुभचिन्तकलाई मनोरञ्जन गराए पश्चात एनसेल मेला शनिवार जावलाखेलमा भएको हो ।

मेलामा रहेको मिनि गल्फ, रावणलाई मार, डार्ट, रिंग टस तथा पेपर टस लगायतका गेम स्टलहरुमा युवाहरुको घुइचो लागेको थियो । पिंग तथा चंगा चेट प्रतियोगितामा पनि उतिकै भिड थियो । वालवालिका तथा युवाहरु फेस पेन्टिङ गर्दै मेलामा फोटो स्टुडियोमा फोटो खिच्न मस्त देखिन्थे भने सपरिवार आएका आगन्तुकहरुले पनि विभिन्न स्टलहरुमा खेल खेल्दै मेलामा आनन्द लिएका थिए ।

मेलामा मनोरञ्जनात्मक कार्यक्रमहरु सँगै शुभकामना तथा उपहारहरु आदान प्रदान गरिएको थियो । विभिन्न स्वादका परिकारहरु पस्किरहेका खानाका स्टलहरुले आगन्तुकलाई आकर्षित गरेको थियो । मेलामा एनसेलका तर्फबाट रहेको स्टलहरुबाट आगन्तुकले एनसेलका सेवाहरुको जानकारी लिदै, सिम तथा रिचार्ज कार्डहरु खरिद गरेका थिए ।

-नेपाल समाचारपत्र

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL