Logo

२१ गतेदेखि फुटवयर चौथो बिग सेल मेला, ७५ प्रतिशतसम्म छुट

२१ गतेदेखि फुटवयर चौथो बिग सेल मेला, ७५ प्रतिशतसम्म छुट


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१९ माघ, काठमाडौं । नेपाली जुत्ता घरले चौथो बिग सेल फुटवयर मेल गर्ने भएको छ । यही माघ २१ गते देखी फाल्गुन ६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने आयोजकले जानकारी दिएको छ । उक्त मेला गरिने राजधानीमा पत्रकार भेटघाट कार्यक्रममार्फत सो विषयको जानकारी दिइएको हो ।

जुत्ता मेलामा १५ देखी ७५ प्रतिशतसम्मको बिशेष छुट दिइने छ । बिगसेल मेलामा नेपाली ब्राण्ड शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, लेदर विड्डस, टाकुरा सुज र शु ल्याण्ड गरि ८ वटा ब्राण्डका जुत्ता चप्पलहरु राखिने छ । उक्त ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डल हरु समेत उपलब्ध हुनेछन ।

मेलामा ८० देखी ९० हजार सेवाग्राहीले अवलोकन गर्ने र करीव २५ दखी ३० हजार जोर जुत्ता चप्पल हरु बिक्रि हुने नेपाली जुत्ता घरका प्रबन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

३ वर्ष अघि स्थाना भएको जुत्ता घरले यसअघि ३ वटा मेला आयोजना गरिसेको छ । हालसम्म जुत्ता घरको ३ वटा शाखा रहकोे छ । राष्ट्रिय नाचघर जमलमा मुख्य सोरुम रहेको जुत्ता घरको महाराजगञ्ज, ललितपुरको कुमारीपाटी र नमस्ते सुपरमार्केट पुल्चौक शाखा स्थापना गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL