Logo

मूल्य समायोजन नहुँदा आयल निगमको वार्षिक घाटा ६ गुणाले बढ्यो, एक वर्षमै १३ अर्ब ११ करोड घाटा

मूल्य समायोजन नहुँदा आयल निगमको वार्षिक घाटा ६ गुणाले बढ्यो, एक वर्षमै १३ अर्ब ११ करोड घाटा



काठमाडौं । नेपाल आयल निगमको वार्षिक घाटा झण्डै ६ गुणाले बढेको देखिएको छ । आयल निगमको आर्थिक वर्ष २०७०÷७१मा १३ अर्ब ११ करोड २१ लाख ९ हजार रुपिया“ घाटा बेहोरेको थियो । यो अघिल्लो आव २०६९÷७०को भन्दा करीब ६ गुणाले बढी हो । उक्त आवमा निगमले २ अर्ब ५ करोड रुपियाँ घाटा बेहोरेको थियो ।

अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजना हुन नसक्दा निगमको घाटा उच्चदरले वृद्धि भएको प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘निगमले आफ्नो परल मूल्य भन्दा कम मूल्यमा पेट्रोलियम पदार्थ विक्री गरहेको छ’ उनले भने ‘सोही कारण घाटा उच्चदरले वृद्धि भएको हो ।’

निगमले भारतबाट पेट्रोल, डिजेल, एलपी ग्यसा, मट्टितेललगायत पेट्रोलियम पदार्थको आयात गरी विक्री वितरण गर्दछ । आव २०७०÷७१मा निगमलाई पेट्रोलमा २ अर्ब ७३ करोड, मट्टितेलमा ३१ करोड १६ लाख र हवाई इन्धनमा ३ अर्ब १५ करोड नाफा कमाएको थियो । त्यस्तै, फर्नेस आयलमा ३४ लाख र लाईट डिजेलमा २ लाख नाफा भएको निगमले जनाएको छ । तर, सोही अवधिमा निगमलाई एलपी ग्यासमा १८ अर्ब ९८ करोड ८३ लाख र डिजेलमा ३२ करोड ८५ लाख घाटा भएको हो ।

चालु आवमा पनि निगमले ग्यासमा मासिक करीब ५ सय ५० रुपियाँ प्रतिसिलिण्डर र डिजेलमा मासिक १ देखि २ रुपैयाँसम्म घाटा बेहोरिरहेको उनले जानकारी दिए । अन्तर्राष्ट्रियबजार अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सकिए निगम स्वतः नाफामा जाने उनको भनाई छ ।

कुन पदार्थमा कति नाफा/घाटा ?

पेट्रोलियम पदार्थ                      नाफा/घाटा(रु.लाखमा)
पेट्रोल                                      : २७३८९
डिजेल                                     : –३२८५
मट्टितेल                                  : ३११६
ग्यास                                      : –१८९८८३
हवाई इन्धन                           : ३१५०६
लाईड डिजेल                           : २
फर्नेस आयल                          : ३४
————————————————
जम्मा                                    : १३११२१

स्रोत ः नेपाल आयल निगम

-बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL