Logo

सिटीभीको एक्सक्लुसिभ शोरुम सिटीसीमा, आइतवारदेखि कारोवार शुरु

सिटीभीको एक्सक्लुसिभ शोरुम सिटीसीमा, आइतवारदेखि कारोवार शुरु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ माघ, काठमाडौं । सिटीभी मोवाइलले सुन्धारास्थित सिटीसी मलमा द वल्र्डभिजन नामक मल्टिव्राण्ड शोरुम खोल्ने भएको छ ।

सो आउटलेटको निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी आइतवारदेखि उक्त शोरुमबाट औपचारिक कारोवार सुरु गरिने बताइएको छ ।  शोरुम उद्दघाटनको अवसरमा विभिन्न कम्पनीका मोवाइल विशेष छुटमा विक्री गरिने कम्पनीका प्रवन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । नेपालभर उपलब्ध २ दर्जन भन्दा बढी व्राण्डका मोवाइल विक्री गर्ने उनले जानकारी दिए ।

खुद्रा बजारमा सवैभन्दा अत्याधुनिक र ठूलो शोरुम भएको उनको दावी छ । औपचारिक कारोवारको दिनबाटै मोवाइल एक्सचेन्ज तथा अपग्रेड गर्ने ग्राहकहरुलाई विशेष छुट प्रदान गरिने बताइएको छ । सामसुङ,कार्वन,पानासोनिक,जियोनी,हुवावेलगायत २ दर्जन भन्दा बढी व्राण्डका मोवाइल  उपलब्ध गराइने बताइएको छ । साथै क्यामरा,ल्यापटप,सिसीटीभी, राउटरलगायत विद्युतीय सामग्री उपलब्ध गराइने बताइएको छ ।
 

 

 

प्रतिक्रिया दिनुहोस्
MBL