Logo

दशैमा उपभोग्य वस्तु र सेवाको अनुगमन कडा पारिने, कैफियत भेटिए तत्काल कारबाही

दशैमा उपभोग्य वस्तु र सेवाको अनुगमन कडा पारिने, कैफियत भेटिए तत्काल कारबाही



काठमाडौं । सरकारले नजिकिदै गरेका दशै तिहारलगायत ठूला चाडपर्वलाई लक्षित गरी दैनिक उपभोग्य वस्तु तथा सेवा र व्यवसायिक फर्मको अनुगमनलाई कडा बनाउने भएको छ । असोज १ गतेदेखि लागु हुने गरी सरकारले कडारुपमा अनुगमन गर्ने भएको हो । चाडपर्वका बेलामा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र महंगी रोक्न सरकारले उच्च अनुगमन गर्ने भएको संयुक्त बजार अनुगमन समन्वय समितिका सदस्य सचिव नारायण प्रसाद विडारीले विजखबरलाई बताए ।

संयुक्त बजार अनुगमन समन्वय समितिको निर्देशनमा सम्बन्धीत निकायहरुले अनुगमनलाई तिव्रता पारिसकेको उनले जानकारी दिए ।

सरकारले चाडपर्व लक्षित अनुगमनका लागि विशेष कार्ययोजना नै बनाएको छ । असोज १ देखि लागु हुने उक्त कार्ययोजनाले बजार मंहगी, कालोबजारी तथा कृत्रिम अभाव रोक्ने बताइएको छ । दशै तिहारलगायत ठूला चाडपर्वको बेलमा संयुक्त टोलिको अलवा विभिन्न निकायले छुट्टाछुट्टै अनुगमन पनि गर्ने छन् । सार्वजनिक विदा तथा अतिरिक्त समय (कार्यालय समयपछि) पनि वस्तु तथा सेवाको अनुगमन गरिने उनले बताए । अनुगमनमा कुनै त्रुटि भेटिए तत्कालै कारबाही गरिने छ । त्यस्तै, ठगीको प्रकृति हेरेर कानुनअनुसार कारबाहीको प्रक्रिया समेत अघि बढाईने उनले बताए । प्रभावकारी अनुगमनका लागि सम्बन्धीत मन्त्रालय, विभाग, प्रहरी, उपभोक्ता वादी संघसंस्था, व्यवसायिक संघसंस्थालगायतबीच समन्वय गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वलाई लक्षित गरी खाद्य समाग्रीको अनुगमनलाई तीन गुणाले वृद्धि गर्ने बताएको छ । गुण नियन्त्रण विभागले होटल, रेष्टुरा“, विभिन्न फर्मलगायत स्थानमा गएर विक्रीका लागि राखिएको खाद्य सामग्रीको गुणस्तरको अनुगमन गदर्छ । नेपाल गुणस्तर तथा नाप तौल विभागले पनि चाडपर्वलाई लक्षित भाडाका ट्याक्सी, पेट्रोल पम्प, व्यवसायिक फर्मलगायतमा गएर त्यस्ता कम्पनीले विक्री गर्ने वस्तुको गुणस्तर र नौपतौलको उच्च अनुगमन गर्ने जनाएको छ । त्यस्तै, त्यस्तै, ट्राफिक प्रहरी, जनपथ प्रहरी, नेपाल आयल निगम, यातायात व्यवस्था विभागलगायत निकायले पनि सम्बन्धीत क्ष्ँेत्रको अनुगमनलाई तिव्रता दिने बताएका छन् । यस्ता निकायले वस्तु र सेवाको गुणस्तर, परिमाण वा मूल्यमा सामान्य कैफियत भेटिए तत्काल कारबाही गर्ने बताएका छन् । तर, गम्भिर कैफियत भेटिएमा भने कानुनअनुसार कारबाही गरिने जनाएका छन् ।

-बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL