Logo

सेयर कारोवारमा उल्लेख्य बृद्धि, एकैदिन रू.५० करोडको कारोवार

सेयर कारोवारमा उल्लेख्य बृद्धि, एकैदिन रू.५० करोडको कारोवार


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

४ माघ, काठमाडौं । राजनीतिक सहमतिको आशामा आइतबार सेयर कारोबार र बजार मूल्य दुबैमा बृद्धि भएको छ । नेप्सेमा आइतबार कुल ४९ करोड ८८ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । यो रकम अघिल्ला दिनको तुलनामा दोब्बरभन्दा बढी हो ।

स्टाण्डर्ड चार्टर्ड बैंकको करिब २० करोड रुपैयाँको कारोबार भएपछि कारोबार रकम धेरै देखिएको हो । आइतबार नेप्से परिसुचक ५ दशमलव ८३ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तत ९ सय ४५ दशमलव ३६ अंकमा पुगेर अडिएको छ ।
यसैगरी बजारमा कुल ८ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ ।

आइतबार सवैभन्दा बढी बीमा समुहको परिसुचक २५ दशमलव २४ अंकले बढेको छ । यस्तै, नेप्से परिसुचकमा प्रभाव पार्ने बैंकको परिसुचक ६ दशमलव ४१ अंकले बढेको छ । बजारमा विकास बैंक, जलविद्युत्, फाइनान्स समुहको परिसुचक उकालो लागेको छ भने होटल समुहको परिसुचक भने सामान्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL